+
+
Shares

पत्रकार कार्कीको पुस्तक सनैया सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १८:२९

१६ चैत, काठमाडौं । पत्रकार होम कार्कीको पुस्तक ‘सनैया’ सार्वजनिक भएको छ । एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाको रिपोर्टिङ गरेका उनले खाडी क्षेत्रमा कार्यरत ५४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ताको आधारमा पुस्तक लेखेका हुन् ।

‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरुलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथें । बन्द गरेका आँखावरिपरि उनीहरु झल्झली घुमिरहन्थें । ती झझल्कोहरुलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो,’ लेखक होम कार्की भन्छन्, ‘यो किताब त्यसैको परिणाम हो ।’

‘सनैया’लाई सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका नेपालीहरुको कथा भन्न सकिने प्रकाशक किताब पब्लिसर्सले जनाएको छ ।

पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरुको उत्पीडन र सङ्घर्षको चक्रलाई भिन्न–भिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गरिएको प्रकाशकले बताएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?