Comments Add Comment

जनतालाई सेयर दिने योजनामा केयूकेएल

काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँमा आइतबारदेखि मेलम्चीको पानी वितरण शुरु भयो । पानीवितरण शुरु भएकै दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सीईओ मिलन शाक्यले घोषणा गरे, ‘भविष्यमा जनताका लागि पनि केयूकेएलको सेयर जारी गर्छौं ।’

काठमाडौंमा पानी आएपछि केयूकेएलले साधारण सेयर (आईपीओ) जारी गर्नका लागि योजना अघि बढाउने भएको हो । गएका तीन आर्थिक वर्षको लेखा परीक्षण गर्दै गरेको कम्पनी लगातार नाफामा देखिए अर्को आर्थिक वर्षमा नै सेयर जारी गर्न पाउनेछ ।

केयूकेएलका सीईओ मिलन शाक्य भन्छन्– काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु भएसँगै हाम्रो वित्तीय अवस्था सुध्रिनेछ । त्यसो भएमा केही समयमै कम्पनीको प्रबन्धपत्र अनुसार जनताका लागि कम्पनीको सेयर जारी गर्न सकिनेछ ।

काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु भएसँगै आफ्नो वित्तीय अवस्था सुध्रिने दाबी केयूकेएलको छ ।

केयूकेएलमा काठमाडौं महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौंका अन्य १६ नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत सेयर हिस्सा स्थानीय तहहरूको छ ।केयूकेएलका सीईओ मिलन शाक्य भन्छन्– ‘यो कम्पनी सार्वजनिक निजी साझेदारी मोडलमा बनेको हो । काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु भएसँगै हाम्रो वित्तीय अवस्था सुध्रिने छ । त्यसो भएमा केही समयमै कम्पनीको प्रबन्धपत्रअनुसार जनताका लागि कम्पनीको सेयर जारी गर्न सकिने छ ।’

कम्पनीको प्रबन्धपत्र अनुसार १ अर्बको अधिकृत पुँजी रहेको कम्पनीमा खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ प्रतिशत सेयर हिस्सा छ ।

नेपाल चेम्बर अफ कमर्ससहित ४ वटा निजी क्षेत्रका संस्थाहरूको १२ प्रतिशत सेयर हिस्सा छ । केयूकेएलका कर्मचरीको ट्रस्टका लागि ४ प्रतिशत र कर्मचारीका लागि ५ प्रतिशत सेयर हिस्सा छुट्याइएको छ । बाँकी १५ प्रतिशत सेयर भने सर्वसाधारणलाई दिने प्रबन्धपत्रमा व्यवस्था छ ।

तर, अधिकृत पुँजी अनुसार काठमाडौंका स्थानीय तहहरूले अधिकृत पुँजीअनुसार लगानी गरिसकेका छैनन् । कर्मचारी लगायतको सेयर पनि जारी भएको छैन ।

अहिले कम्पनीको वित्तीय अवस्था बलियो नभइसकेकाले शुरुवातमा त्यतातर्फ ध्यान दिने केयूकेएलले बताएको छ । कम्पनीको वित्तीय अवस्था सुधार्न हालको खानेपानी महसुलको दर परिवर्तन गर्नुपर्ने सीईओ शाक्य बताउँछन् ।

हाल केयूकेएलले वर्षमा ९५ करोड बराबरको पानी वितरण गर्ने गर्दछ । तर, ८० करोड मात्रै शुल्क नियमित उठ्ने गरेको छ । १० हजार लिटरसम्म पानी उपयोग गर्दा १५० रुपैयाँ मात्रै शुल्क लिइरहेका कारण मेलम्चीको पानी आएपछि शुल्क परिवर्तन नगर्ने हो भने सञ्चालन खर्च उठाएर नाफामा लैजान नसकिने शाक्यको भनाइ छ ।

‘अब महसुल दर पुनरावलोकन गरेर केयूकेएललाई जनताको लगानी रहेको र जनताकै सेवा गर्ने बलियो कम्पनी बनाउन सक्छौं,’ उनले भने ।

मेलम्चीबाट दैनिक आउने थप १७ करोड लिटर पानी वितरणको उचित व्यवस्थापन गर्दै कम्पनीलाई नाफासहित थप पारदर्शी र उत्तरदायी बनाउने योजना रहेको शाक्यको भनाइ छ ।

विज्ञको फरक मत

विज्ञहरू भने केयूकेएल अहिले नै सेयर जारी गर्नसक्ने अवस्थामा नरहेको दाबी गर्छन । कम्पनीको वित्तीय अवस्था नसुधारेसम्म केयूकेएलले सेयर जारी गर्न पाउने सम्भावना नरहेको पूर्व खानेपानी सचिव भीम उपाध्याय बताउँछन् ।

मेलम्ची खानेपानी आयोजनाका पूर्वप्रमुख घनश्याम उपाध्याय भन्छन्– केयूकेएलसँग ठूलो दायित्वहरू छन्, दायित्व तिर्न अघि नसर्ने अनि सेयर हिस्सेदारहरूलाई नाफा वितरण गरिहाल्ने अवस्था आउँछ भन्ने मलाई लाग्दैन

‘कहिलेको वितरणलाइनबाट ठूलो मात्रामा पानी चुहावट भएर खेर जान्छ, नयाँ वितरणलाइनबाट पूर्ण रुपमा पानी वितरणको व्यवस्था नगर्दासम्म कम्पनीलाई वित्तीय रुपमा नै अप्ठेरो छ,’ उनी भन्छन्, ‘कानुनी रुपमा पनि कम्पनीले सेयर जारी गर्न धेरै काम गर्न बाँकी छ ।’

मेलम्ची खानेपानी आयोजनाका पूर्वप्रमुख घनश्याम उपाध्याय पनि केयूकेएल जनतामा सेयर जारी गर्नसक्ने गरी मजबुत बनिनसकेको बताउँछन् । ‘केयूकेएलसँग ठूला दायित्व छन्, दायित्व तिर्न अघि नसर्ने अनि सेयर हिस्सेदारहरूलाई नाफा वितरण गरिहाल्ने अवस्था आउँछ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘कम्पनीको सञ्चालन र व्यवस्थापन पक्ष नसुधारी जनतामा सेयर जारी गर्नु उचित पनि हुन्न ।’मेलम्चीको पानी आउँदैमा कम्पनीले अहिले नै धेरै आय गर्ने सम्भावना नभएको भन्दै उनले मेलम्चीमा याङ्ग्री र लार्केको पानी मिसाएपछि मात्रै केयूकेएलले वित्तीय अवस्थामा सुधार गर्न सक्ने उनको आँकलन छ ।

उपत्यका खानेपानी बोर्डबाट ऋण लिएर चलिरहेको केयूकेएललाई प्रभावशाली बनाउँदै लैजान सकेमात्रै कम्पनीको प्रबन्धपत्र अनुसार सेयर जारी गर्न बाटो खुल्ने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस तिर्खाएको काठमाडौंमा मेलम्चीले दिएको खुसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment