
२० चैत, काठमाडौँ । फ्लाइ दुबइबाट ल्याइएको ५१६ ग्राम सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा ल्याइएको सुन लिएर आउने र सुन लिन आउने दुईजनालाई पक्राउ गरेको एयरपोर्ट सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।
उनले अनलाइखबरसँग भने, ‘फ्लाइ दुबइबाट आएको यात्रुको साथबाट भन्सारले चेक गर्ने क्रममा ५१६ ग्राम सुन फेला परेको छ। ‘ उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३८ वर्षीय विष्णु भण्डारी र काभ्रेका कमल कृष्ण केसी रहेका छन् ।
उनीहरुलाई पार्किङ एरियाबाट नियन्त्रणमा लिइ भन्सारलाई बुझाएको एसपी बास्तोलाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4