
२१ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिपक्षीय धर्म निभाउने कांग्रेसको संकेत सराहनीय भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णयलाई डा. भट्टराईले सराहनीय भनेका हुन् ।
उनले शनिबार बिहान ट्वीटरमा लेखेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं ।’
दलहरु एजेण्डा फरक–फरक हुने भए पनि सबैभन्दा माथि देश, जनता र लोकतन्त्र हुने उल्लेख गर्दै डा. भट्टराईले आजको दिनमा ओलीको विदाई नै प्राथमिक हुने बताएका छन् ।
अन्तत:प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकता/प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है!
— Baburam Bhattarai (@brb1954) April 3, 2021
प्रतिक्रिया 4