+

एनभीए क्लब लिग भलिबलमा महिलातर्फ पुलिसको लगातार तेस्रो जित

२०७७ चैत  २२ गते १३:५१ २०७७ चैत २२ गते १३:५१
एनभीए क्लब लिग भलिबलमा महिलातर्फ पुलिसको लगातार तेस्रो जित

२२ चैत, काठमाडौं । नेपाल पुलिस क्लबले पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार तेस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा आइतबार भएको खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा पराजित गरेको हो ।

पुलिसले ढोरपाटनलाई २५–५, २५–९, २५–५ ले पराजित गरेको थियो । लगातार तेस्रो जितपछि ३ खेलबाट ८ अंक जोडेको पुलिस शीर्ष स्थानमा उक्लेको छ । ढोरपाटनको यो लगातार चौथो हार हो ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा हराएको छ । आर्मीले भरतपुरलाई २५–९, २५–८, २५–१३ को सेटमा पराजित गरेको हो ।

एनभीए क्लब लिग भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय