+

नेपाल क्रिकेट संघलाई आईसीसीको रिजनल अवार्ड

२०७७ चैत  २४ गते १६:४७ २०७७ चैत २४ गते १६:४७
नेपाल क्रिकेट संघलाई आईसीसीको रिजनल अवार्ड

२४ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को रिजनल अवार्ड पाएको छ । कोभिड-१९ को समयमा पनि क्रिकेट विकासका लागि पहल गरेको भन्दै आईसीसीले नेपालसहित पाँच राष्ट्रलाई अवार्ड दिएको हो ।

नेपालसँगै नामिविया, अर्जेन्टिना, भानुआतु र इटलीले आईसीसीले डिभलपमेन्ट इनिसएयटिभ अफ दि इयरको अवार्ड पाएका हुन् । नेपालले एसिया क्षेत्रबाट अवार्ड पाएको हो ।

कोभिड-१९ को महामारीको समयमा पनि क्यानले घरेलु प्रतियोगितामा महिलातर्फ दुई हजार र पुरुषतर्फ एक हजार ९०० खेलाडीलाई खेलमा समावेश गरेको भन्दै आईसीसीले सम्मान गरेको जनाएको छ ।

यस्तै क्यानले ब्रोडकास्टिङ र स्पोनसर पनि घरेलु प्रतियोगितामा राखेको आईसीसीले जनाएको छ ।

नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय