+

च्याम्पियन्स लिग : क्वाटरफाइनल पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी

२०७७ चैत  २५ गते ७:२८ २०७७ चैत २५ गते ७:२८
च्याम्पियन्स लिग : क्वाटरफाइनल पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी

२५ चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन् ।

मंगलबार राति भएको खेलमा स्पानिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ ले हरायो भने इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भिनिसियस जुनियरले दुई गोल गरेपछि रियलल लिभरपुलमाथि सहज जित हात पारेको हो । भिनिसियसले खेलको २७औं र ६५औं मिनेटमा गोल गरे । यस्तै मार्को असेन्सिओले ३६औं मिनटमा गोल गरे ।

लिभरपुलका मोहम्मद सालाहले ५१औं मिनेटमा एक गोल गरे ।

अर्को खेलमा सिटीले घरेलु मैदानमा जित हात पारेको हो । सिटीको जितमा भिन डे ब्रुएनाले १९औं र फिल फोडेनले ९०औं मिनेटमा गोल गरे । डर्टमण्डका मार्को रिउसले ८४औं मिनेटमा गोल गरेका थिए ।

म्यानचेष्टर सिटी रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय