Comments Add Comment

आईपीएल क्रिकेट आजदेखि, मुम्बई र बेंगलोर भिड्ने

२७ चैत, काठमाडौं । १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल शुक्रबारदेखि भारतमा शुरु हुँदैछ । विश्वभर फैलिएको कोभिड–१९ को प्रभावका कारण १३औ संस्करण युएईमा ढिला गरी आयोजना गरिएको थियो ।

१४औं संस्करण भने नियमित समयमै हुन लागेको हो । भारतमा कोरोना संक्रमण बढिरहेपनि आईपीएल हुन लागेको हो । तर यसपटक सहभागी टोलीहरुले घरेलु मैदानमा खेल्न पाउने छैनन् । सबै टोलीले न्युट्रल भेन्युमा खेल्नेछन् ।

१४औं संस्करणको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन् । अहिलेसम्म आइपीएल जित्न नसकेको बेंगलोर विराट कोहलीको कप्तानीमा र मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रिनेछ ।

खेल चेन्नईस्थित एम चितम्बर स्टेडियममा हुनेछ । विदेशी खेलाडीहरु क्वारेन्टिनमा बस्नुपर्ने भएकाले दुवै टिमका केही विदेशी खेलाडी शुक्रबारको खेलमा हुने छैनन् । मुम्बईका ओपनर क्वेन्टन डि कक तथा बेंगलोरका एडम जाम्पा र फिन एलेन पनि खेल्ने छैनन् ।

महामारीकै बीच शुरु हुन लागेको आईपीएलमा दुवै टोली सुखद सुरुवात गर्ने योजनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment