Comments Add Comment

आईपीएल : साविक विजेता मुम्बई बेङ्लोरसँग पराजित

२८ चैत, काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डिनय प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमै पराजित भएको छ । शुक्रबारदेखि सुरु भएको १४औं संस्करणको पहिलो खेलमा रोहित शर्माको कप्तानीमा रहेको मुम्बईलाई विराट कोहलीको कप्तानीमा रहेको रोएल च्यालेन्जर्स बेङ्लोरले २ विकेटले पराजित गरेको हो ।

चेन्नाइस्थित एम चितम्बरम सटेडियममा भएको खेलमा बेंगलोरले १६० रनको लक्ष्य अन्तिम ओभरसम्म खेल्दै ८ विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि हर्सल बेंगलोरका पटेलले ५ विकेट लिएपछि मुम्बईले १५९ रन मात्र बनाउन सकेको थियो ।

बेंगलोरका लागि ब्याटिङमा एबी डे भिलियर्सले सर्वाधिक ४८ रन बनाए । अन्तिम ओभरको चौथो बलमा रनआउट हुनुअघि उनले २७ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । अर्धशतकबाट २ रनले चुकेपनि उनले टिमको लागि महत्वपूर्ण योगदान गरे ।

यस्तै ग्लेन म्याक्सवेलले ३९ र कप्तान कोहलीले ३३ रन जोडे । हर्सल पटेल ४ रनमा अविजित रहे ।

मुम्बईमा जसप्रित बुमराह र डेब्युटान्ट मार्को जानसेनले २-२ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट र क्रुनल पाण्ड्याले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । मुम्बईका लागि ओपनर क्रिस लिनले सर्वाधिक ४९ रन बनाए । अर्धशतकबाट १ रनले चुकेका उनले ३५ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै सूर्यकुमार यादवले ३१ र विकेटकिपर इशान किसनले २८ रन जोडे ।

बेंगलोरका हर्सनल पटेलले ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिए । यस्तै डेब्युटान्ट केल जेमिसन र वासिङ्गटन सुन्दरले समान १ विकेट लिए ।

हर्सल पटेल खेलको म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment