+

क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग

२०७७ चैत  ३० गते १०:१३ २०७७ चैत ३० गते १०:१३
क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग

३० चैत, चितवन । पाल्पाको तिनाउ टिपर व्यवसायी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग गरेको छ । व्यवसायी संघमा आवद्ध २९ वटा कन्स्ट्रक्सन कम्पनीहरु मिलेर रंगशालाका लागि सो परीमाणको निर्माण सामग्री सहयोेग गरिएको हो ।

आइतबार दिउँसो ५३ वटा टिपरले तिनाउबाट निर्माण सामग्री बोकेर चितवनको भरतपुरस्थित रंगशाला भित्रिएका हुन् । राष्ट्रिय झण्डा फहराउँदै र राष्ट्रिय गान बजाउँदै लाइन लागेर टिपरहरु रंगशालामा भित्रिएका थिए ।

व्यवसायीका तर्फबाट कार्यक्रम संयोजक बनेका तोया लम्सालले गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जनस्तरको सहयोगबाट बनेको नेपालीहरुको साझा धरोहर भएकाले यसलाई सकेको सहयोग गर्नुपर्ने बताए । ‘यो महाअभियानमा सबैले सहयोग गर्नुपर्छ भन्ने भावका साथ कयौं किलोमिटर टाढाबाट सकेको सहयोग गर्न यहाँ आएका छौं,’ संयोजक ढकालले भने, ‘हरेक नेपालीबाट सकेको सहयोग गर्न सके रंगशाला बन्न धेरै दिन लाग्दैन ।’

निर्माण सामग्री बोकेर आएका टिपर चालक र व्यवसायीलाई स्वागत गर्दै धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेले हरेक नेपाली जनताको साझा धरोहर क्रिकेट रंगशाला भएकाले सहयोग गर्नुपर्ने बताए ।

फाउण्डेशनका अध्यक्ष कट्टेलले आर्थिक स्रोत सहज भएमा अबको केही महिनामा नै रंगशाला तयार हुने बताए । रंगशालामा अहिले स्टाण्ड ‘ए’ र स्टाण्ड ‘बी’को प्याराफिटको काम भैरहेको छ ।

 

गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय