+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शान्तिनगरस्थित पशुपति एग्रो मार्टमा कुमारी बैंकको क्यूआर भुक्तानी सेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३० गते १३:०२

काठमाडौं । कुमारी बैंक लिमिटेडले शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको छ ।

कुमारी बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजुकुमार खत्रीको प्रमुख आतिथ्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायतको उपस्थितिमा क्यूआर कोड सेवा सुरुवात गरिएको हो ।

नगद कारोबारको विकल्पमा आफ्नो मोबाइल एप मार्फत क्यूआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्ने उदेश्यका साथ सेवा सुचारु गरिएको कुमारी बैंकले जनाएको छ ।

“क्यूआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने/चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदाहरु रहेका छन्,’ बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले भने, ‘व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्ने तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?