Comments Add Comment

नेपाललाई कला संस्कृतिले भरिएको देशको रुपमा चिनाएँः अनुश्मा

‘मिस इको इन्टरनेशनल नेपाल’ अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटनको क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेकी छिन् । इजिप्टमा आयोजना भएको ‘मिस इको इन्टरनेशनल २०२१ ’ मा नेपालको प्रतिनिधित्व गरेर फर्किएकी रायमाझीले यो प्रतियोगीतामा ‘मिस इको एसिया’ टाइटल समेत जितेकी थिइन् । प्रतियोगितामा शीर्षपछि महत्वपूर्ण मानिएको यो उपाधि आफूले नेपालमा भित्राएको भन्दै उनले यसलाई उपलब्धी मानेकी छिन् ।

मिडियासँगको कुराकानीमा उनले भनिन्–‘कार्यक्रममा मैले नेपाललाई सगरमाथा, बुद्धको देशको अलवा बिभिन्न कला संस्कृतिले भरिएको राष्ट्रको रुपमा चिनाएँ । प्रतियोगीताबाट मैले धेरै देशका बारेमा सिक्न र जान्न समेत सफल भएँ ।’

कार्यक्रममा पूर्व मिस इको इन्टरनेशनल नेपाल तथा मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले रायमाझीले ‘मिस इको एसिया’ ताज नेपाललाई दिलाएर महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् । ‘ विभिन्न ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगीता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment