+
+
Shares

प्राइभेट च्याट भाइरल भएपछि सुजन चापागाईंले भने- ‘हृदयदेखि नै माफी माग्न चाहन्छु’

चापागाईंले विगतमा आफूले निकट सम्बन्धमा रहेका र नजिक ठानेका साथीहरूसँग सन्देश आदानप्रदान गरेको स्वीकार गर्दै त्यसबाट सिर्जिएको दुःखद परिस्थितिप्रति अन्तरहृदयदेखि माफी मागेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १३ गते २०:०८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राइभेट च्याट सार्वजनिक भएपछि विवादमा तानिएका गायक सुजन चापागाईंले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै माफी मागेका छन्।
  • उनले आफू निकटसँग गरेको सन्देश आदानप्रदान स्वीकार गर्दै सो सामग्री दुरुपयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बताएका छन्।
  • चापागाईंले नेपाल फर्केर कानुनी उपचारको प्रक्रिया अघि बढाउने बताउँदै ‘मेरो बदनियत नहुँदा नहुँदै यहाँहरूले बेहोर्नुपरेको समस्याको निम्ति माफी चाहन्छु’ भनी क्षमा याचना गरेका छन्।

काठमाडौं । प्राइभेट च्याट सार्वजनिक भएपछि विवादमा तानिएका गायक सुजन चापागाईंले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

हाल अष्ट्रेलिया सांगीतिक भ्रमणमा रहेका चापागाईंले विगतमा आफूले निकट सम्बन्धमा रहेका र नजिक ठानेका साथीहरूसँग सन्देश आदानप्रदान गरेको स्वीकार गर्दै त्यसबाट सिर्जिएको दुःखद परिस्थितिप्रति अन्तरहृदयदेखि माफी मागेका छन् । तर, सामाजिक सञ्जालमा सार्वजनिक भएका सबै सामग्रीबारे भने आफू अनभिज्ञ रहेको उनको दाबी छ ।

उनले आफ्नो सामाजिक सञ्जाल विभिन्न समयमा सामाजिक सञ्जाल म्यानेजरले पनि सञ्चालन गर्ने गरेको उल्लेख गर्दै सोही क्रममा दुरुपयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बताएका छन् । साथै, आफ्नो नाममा धेरै फेक अकाउन्ट सक्रिय रहेको जानकारीसमेत आएको भन्दै यस्ता अनैतिक र गैरजिम्मेवार गतिविधिविरुद्ध आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको जनाएका छन् ।

चापागाईंले अष्ट्रेलिया सांगीतिक यात्रा सकिएलगत्तै नेपाल फर्केर कानुनी उपचारको प्रक्रिया अघि बढाउने बताएका छन् । साथै, दर्शक, श्रोता, परिवार, आफन्त र साथीभाइप्रति आगामी दिनमा गम्भीर आत्मसमीक्षा गर्दै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेतना अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अन्त्यमा उनले, ‘मेरो बदनियत नहुँदा नहुँदै यहाँहरूले बेहोर्नुपरेको समस्याको निम्ति माफी चाहन्छु,’ भन्दै क्षमा याचना गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?