+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

२०७७ को अन्तिम दिनः सेयर बजारमा नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १७:३८

३१ चैत, काठमाडौं । २०७७ को अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र बजार पूँजीकरण दुवैले ऐतिहासिक रेकर्ड राख्दै मंगलबारको कारोबार बन्द भएको छ ।

मंगलबार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर २६९१.५५ मा पुगेको छ । नेप्सेले अब २७०० को यात्रा तय गरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ विन्दुले उकालो लागेर ४८०.२९ मा पुगेको छ ।

कुल २१६ कम्पनीको १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता सेयर रु ७ अर्ब ६१ करोड ८ लाख ८२ हजार ५० मा कारोबार भयो ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब २६ अर्ब ८० करोड ६५ लाख ६० हजारको हाराहारीमा पुगेको छ । यो मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को हाराहारी हो ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर ओरालो लागेको छ भने सात उपसमूहको सेयर उकालो लागेको छ । बैंकिङ १७.८१, विकास बैंक ३९.३६, निर्जीवन बीमा १६३.७६, उत्पादन १४.०६, लघुवित्त १८८.५६, जीवन बीमा १९७.७९ र सामूहिक लगानी कोष ०.०२ ले उकालो लागेको छ ।

यस्तै, व्यापार ६९.६२, होटल तथा पर्यटन ७५.१९, जलविद्युत् ४२.६७, वित्त १.३६, अन्य २९.७२ र लगानी ०.३३ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा एनआईसी एशिया लघुवित्त ९.९६, महिला लघुवित्त ९.९५, छ्याङ्दी हाइड्रोपावर ९.८७, ज्योति लाइफ इन्स्योरेन्स ९.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ९.८० प्रतिशतले कमाए ।

यसैगरी साञ्जेन जलविद्युत् कम्पनी ४.४१, हिमाल दोलखा हाइड्रोपावर ३.९५, यूनाइटेड मोदी ३.६५, यूनिभर्सल पावर कम्पनी ३.४७ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाए ।

कारोबारका आधारमा आज एनआईसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु २५ करोड ७ लाख १८ हजार ४७६ कारोबार भयो ।

यस्तै, नविल बैंक रु २४ करोड ५३ लाख ५६ हजार ९६०, नेपाल पूर्वाधार बैंक रु २२ करोड ११ लाख ९७ हजार ५७०, नेपाल बैंक रु २१ करोड ४६ लाख १३ हजार ४९५ र गरिमा विकास बैंक रु १९ करोड ८१ लाख ११ हजार ९५४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?