+
+
WC Series
काठमान्डु गोर्खाज 2025
91/9 (16.6)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

थप ६०३ जनामा कोरोना भाइरस संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते २०:१०

१ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४२८९ पीसीआर परीक्षणबाट ५८० जना र ४५१ एन्टिजेन परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २५४ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमित भई ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार गत सोमबारदेखि बुधबारसम्म १३०५३ वटा नमुना परीक्षणमा १५३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ४२० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४०५६ सक्रिय संक्रमित रहेका छन् र तीमध्ये ३५९९ जना होम आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?