+
+
Shares

काठमाडौं महानगरले बन्द गरायो सिटी मार्केटका पसल 

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १६:०९

२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु बन्द गरेको छ । सम्झौताविना नै व्यवसायीहरुले ७–८ वर्षदेखि महानगरको स्वामित्वको भवनमा बसेको भन्दै महानगरपालिकाले पसलहरु बलपूर्वक बन्द गरेर सिल गरेको हो ।

सटर खाली गर्न एक हप्तामात्रै समय दिएको भन्दै व्यवसायीले विरोध जनाएका थिए । तर, महानगरपालिकाले पटक–पटक महानगरको भवनमा विना सम्झौता नबस्न आग्रह गर्दै आएको बताएको छ ।

भाडाको लागि भएको सम्झौताको म्याद सकिएको र सो भवनलाई महानगरले नयाँ तरिकाले उपयोग गर्ने योजना बनाएकाले व्यापारीलाई हटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।

यसअघि महानगरले सो भवन ठेकेदारमार्फत भाडमा दिएको थियो । तर, सो सम्झौता नवीकरण नभएकाले महानगरले व्यापारीहरुलाई हट्न निर्देशन दिंदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?