३ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित हात पारेको छ ।
बिहीबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएको हो । मुम्बईस्थित वाङखडे स्टेडियममा दिल्लीले दिएको १४८ रनको लक्ष्य राजस्थानले १९ .४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
राजस्थानको जितमा डेभिड मिलरले ६२ रन बनाए । यस्तै क्रिस मोरिसले अविजित ३६ रन योगदान गरे । जयदेव उनादकाट ११ रनमा अविजित रहे । राहुल टेवाटिया १९ रन बनाएर आउट भए ।
दिल्लीका अभेस खानले ३, क्रिस वोक्स र कागिसो राबडाले २-२ विकेट लिए ।
त्यसअघि हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ५१ रन बनाए । यस्तै टम कुरानले २१ र ललित यादवले २० रन बनाए । क्रिस वोक्सले अविजित १५ रन जोडे ।
राजस्थानका जयदेव उनाक्डले ३ र मुस्ताफिजुर रहमानले २ विकेट लिए ।
राजस्थानले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ । पहिलो हारपछि दिल्लीको पनि २ अंक नै छ ।
प्रतिक्रिया 4