+

एनएसएल : एफसी चितवनले भित्र्यायो फ्रेन्च-सर्बियन खेलाडी गोरन जेर्भिक

२०७८ वैशाख  ५ गते ११:३१ २०७८ वैशाख ५ गते ११:३१
एनएसएल : एफसी चितवनले भित्र्यायो फ्रेन्च-सर्बियन खेलाडी गोरन जेर्भिक

५ वैशाख, काठमाडौं । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा वैशाख ११ देखि सुरु हुने नेपाल सुपर लिग (एनएसएल) का लागि एफसी चितवनले युरोपियन खेलाडीलाई भित्र्याएको छ।

चितवनले फ्रेन्च-सर्बियन खेलाडी गोरन जेर्भिकलाई अनुबन्ध गरेको छ । गोरनलाई नेपालमा स्वागत गरेको फोटो चितवनले आफ्नो सामाजिक सञ्जालमा राखेको छ।

यसअघि नै चितवनले इजिप्टका दुई खेलाडी अहमेद मोहम्मेद गबला र अल सायद शाबनलाई अनुबन्ध गरिसकेको छ ।

एनएसएलका लागि फ्रेन्चाइजले तीन जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । जस अनुसार चितवनले इजिप्टका दुई र युरोपका एक खेलाडी ल्याएको हो ।

राष्ट्रिय टिमका फरवार्ड भरत खवास मार्की खेलाडी रहेका चितवनको प्रशिक्षकमा मेघराज केसी छन् ।

यसअघि नै पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसीले ३-३ अफ्रिकन खेलाडी अनुबन्ध गरिसकेको छ । ललितपुर सिटी एफसी र विराटनगर सिटी एफसीले पनि युरोपियन खेलाडी भित्र्याइसकेको छ ।

जेठ १ सम्म दशरथ रंगशालमा आयोजना हुने पहिलो संकरणको एनएसएलमन ७ फ्रेन्चाइज टिमले सिंगल राउण्डरोविन लिगको आधारमा खेल्नेछ।

एनएसएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय