Comments Add Comment

आइबरको पोष्टमा एट्लेटिकोको ५ गोल

काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले आइबरलाई ५-० ले पराजित गरेको छ । आइतबार भएको खेलमा एट्लेटिकोका लागि एन्जल कोरेअ र मार्कुस लरेन्टेले २-२ गोल गरे भने यानिक कारास्कोले १ गोल गरे ।

घरेलु मैदानमा भएको खेलमा कोरेअले ४२औं र ४४औं मिनेटमा गोल गरेका थिए । कारास्कोले ४९औं मिनेटमा गोल गर्दै अग्रता ३-० बनाएका थिए । त्यसपछि ५३औं र ६८औं मिनेटमा मार्कुस लरेन्टेले गोल गर्दै फराकिलो जित दिलाए ।

जितपछि एट्लेटिकोको ६४ खेलबाट ७० अंङ्क भएको छ । एट्लेटिकोले छिमेकी रियल मड्रिडमाथि ४ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको रियलको ६६अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment