+
+
Shares

शहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १०:२८

६ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता पार्वत गुरुङले अनलाइनखबरसँग भने ।

कहाँ कहाँ बन्द हुनेछन् स्कुल ? 

सरकारले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार काठमाडौं उपत्यकाका सबै महानगरपालिका र नगरपालिकाका विद्यालयहरु बन्द हुनेछन् ।

ललितपुरको कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकालाई समावेश गरिएको छैन ।

उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा पनि वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर र भीमदत्तनगर नगरपालिकामा पनि शैक्षिक संस्थामा विद्यार्थी भौतिक रुपमा उपस्थित नभई वैकल्पिक विधिबाट शैक्षिक गतिविधि गर्नुपर्नेछ ।

काठमाडौं उपत्यकाका साथै उपत्यका बाहिर बनेपा, धुलिखेल, चितवन, बिराटनगर, इटहरी, धरान, वीरगञ्ज, जनकपुर, भैरहवा, पोखरा, बुटबल, नेपालगञ्ज, धजगढी, भीमदत्त नगर लगायतका उच्च जोखिम रहेका जिल्ला सदरमुकामहरुमा विद्यालय बन्द गरी अनलाइनबाट अध्ययन, अध्यापन गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?