Comments Add Comment

सपिङ मलमा उच्च सुरक्षा सावधानी अपनाइएको छः व्यवसायी

फाइल तस्वीर ।

६ वैशाख, काठमाडौं । मल तथा सपिङ कम्प्लेक्सहरुमा नजानु भनि सरकारले सर्वसाधारणमा आग्रह गरको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन् । गत बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जिल्लालाई अति प्रभावित भएको घोषणा गर्दै भेला समारोह आयोजना नगर्न तथा फिल्म हल, सपिङ मल लगायतमा नजान सर्वसाधारणमा अपिल गरेको थियो ।

सोमबार नेपाल सपिङ मल तथा क्म्प्लेक्स फोरमले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाका सपिङ मलहरु सुरक्षित रहेको दावी गरेको छ । सरकारले सपिङ मलमा समेत नजानु भनि गरेको आग्रह प्रति आपत्ति जनाउँदै फोरमले सपिङ मलहरुमा कोरोनाबाट बच्नका लागि उच्च सुरक्षा सावधानी अपनाइएको बताएको छ ।

‘हामी सरकारको सुझाव तथा निर्देशनको विपक्षमा नभई ‘मरो स्वास्थ्य मेरो जिम्बेवारी’ प्रति सजग छौं’ फोरमका संयोजक रत्न घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खुला बजारलाई सुरक्षित मान्ने अनि मलमा असुरक्षित छ भन्नु सहि होइन ।’

मलहरुमा दूरी कायम गर्ने, मास्क बिना प्रवेश नदिने, स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षाका मापदण्डहरु कडा रुपमा पालना गरिएको संयोजक घिमिरेले बताएका छन् ।

मापदण्ड पालना भए नभएको अनुमगन गर्न पनि फोरमले सरकारसँग माग गरेको छ । साथै कोरोनाबाट सबै सुरक्षित हुनु पर्ने भन्दै स्वास्थ्य मापदण्ड कडा रुपमा पालना गरी व्यवासयिक वातावरण बनाइदिन सरकारसँग फोरमले माग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment