Comments Add Comment

फोर्ब्सको एसियाका प्रभावशाली ३० युवामा नेपालका दुई जना

प्रभावशाली युवाको सूचीमा परेकी गौरिका सिंह र प्रकाश कोइराला ।

७ वैशाख, काठमाडौं । विश्व प्रसिद्ध फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना परेका छन् । मंगलबार सार्वजनिक गरिएको सूचीमा ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह प्रभावशाली युवाको सूचीमा परेकी छन् । त्यस्तै ‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधामा प्रकाश कोइराला पनि यो सूचीमा परेका छन् ।

फोर्ब्सले मंगलबार सूचीअनुसार विभिन्न १० विधामा प्रभावशाली ३०–३० युवाहरु समावेश छन् । सबै युवाहरु ३० वर्षमुनिका छन् ।

फोर्ब्सको प्रभावशाली युवाको सूचीमा परेकी गौरिका सिंहले ९ वर्षदेखि पौडी खेल्दै आएको र १२ वर्षको उमेरदेखि नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै आएको उल्लेख गरेको छ । सन् २०१९ को दक्षिण एसियाली खेलकूदमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी थिइन् ।

त्यस्तै सन् २०१६ मा भएको रियो ओलम्पिकमा गौरिका सबैभन्दा कान्छी खेलाडीको रुपमा सहभागी भएकी थिइन् । खेलकूदका साथै गौरिका सामाजिक कार्यमा पनि संलग्न छिन् । उनी अहिले माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभ्सकी सद्भावना दूत पनि हुन् ।

फोर्ब्सको उक्त सूचीमा परेका प्रकाश कोइराला फिनलिट नेपालका संस्थापक हुन् । उनले सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका छन् । उनले सन् २००९ मा गरिबी निवारणका लागि फिनलिट नेपाल स्थापना गरेर निम्न आय भएका मानिसहरुमा आधारभूत वित्तीय शिक्षा प्रदान गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment