+
+
Shares

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रासस रासस
२०७८ वैशाख ८ गते १३:०६

८ वैशाख, झापा । पूर्व–पश्चिम राजमार्गस्थित मेचीनगर नगरपालिका–१३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–९ का २१ वर्षीय प्रवेश बयलकोटी रहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ख ८११ नम्बरको ट्रकले मङ्गलबार राति ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते उनलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवारी सोही स्थानका २२ वर्षीय सागर लिम्बु घाइते भएका छन् । उनको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालक झापा अर्जुनधारा नगरपालिका–२ का ५६ वर्षीय सुमन दनुवारलाई नियन्त्रणमा लिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?