९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मलेसिया विरुद्ध अहिले भइरहेको खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरी ३३ रन बनाएर आउट भएका छन् । उनले १७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे ।
उनी १६ औं ओभरको चौथो बलमा आउट भए । मलेसियाका फित्री सामको बलमा अनवर अरुदिनले दिपेन्द्रलाई क्याचआउट गरे ।
सामले एकै ओभरमा दुई विकेट लिएका हुन् । उनले यसै ओभरको दोस्रो बलमा विनोद भण्डारीलाई आउट गरेका थिए ।
प्रतिक्रिया 4