+
+
Shares

श्रीमानलाई विष खुवाई मारेको अभियोगमा महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १० गते १८:११

१० वैशाख, काठमाडौं । श्रीमानलाई विष खुवाई मारेको अभियोगमा प्रहरीले भक्तपुरको सूर्यविनायकबाट एक महिलालाई पक्राउ गरेको छ ।

धादिङको मूलपानी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ मा डेरामा बस्ने २९ कि पार्वती थापा मगरलाई पक्राउ गरेको भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

थापाले ६ वर्षअघि २०७२ माघ २८ गते घरमै श्रीमान विष्णु थापा मगरलाई विष हालेको खाना दिएको र सोही खानाका कारण उनको मृत्यु भएको प्रहरीको दावी छ ।

थापाको भान्साबाट उठाइएको गहतको दाल, अण्डा करी, खाना (भात) तथा मुछिएको खानासमेतको परीक्षणको लागि प्रयोगशाला पठाइएको र ०७४ साउन ९ गते ती खानेकुरामा किटनाशक बिषादी फेला परेको गिरीले उल्लेख गरेका छन् ।

खानामा विषादी भेटिएपछि विष्णुका भाइ लोकबहादुरले भाउजु पार्वतीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?