Comments Add Comment

नेपाल सुपर लिग आजदेखि, नेपाल फुटबलमा नयाँ प्रयोग हुँदै

११ वैशाख, काठमाडौं । नेपाली फुटबलको इतिहासमा आजदेखि नयाँ प्रयोगको सुरुवात हुँदैछ । पहिलो पटक फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपालमा हुँदैछ । नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा आज उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा गर्न लागेको प्रतियोगितामा नेपालका सात शहरको नामबाट फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।

काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५:३० बजे सुरु हुनेछ । कोभिड-१९ को बढ्दो असरका कारण सरकारले रंगशालमा दर्शकसहितको खेलकुद नगर्न निर्देशन दिएपछि पहिलो पटक हुन लागेको एनएसएल क्लोजर डोरमा हुँदैछ । त्यसैले रंगशालामा दर्शकले प्रवेश पाउने छैनन् ।

विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं र अन्जन विष्टको कप्तानीमा रहेको ललितपुरबीच प्रतिस्पर्धा सुरु भएपछि नै नेपाली पुटबलमा एउटा नयाँ परीक्षण हुनेछ ।

प्रतियोगितामा नेपालको सात फ्रेन्चाइज टिम विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चिवतन, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो पटक आयोजना हुन लागेको एनएसएलको विजेताले नगद ३५ लाख पुरस्कार पाउने भएका छन् । यस्तै उपविजेताले नगद १५ लाख पाउनेछन् ।

यस्तै विधागत उत्कृष्ट हुने गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षककोले नगद १-१ लाख प्राप्त गर्ने एनएसएलका निर्देशक श्रेयांश कार्कीले बताएका छन् । यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक जना राइजिङ खेलाडीले पनि पुरस्कार पाउनेछन् ।

यस बाहेक हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार प्राप्त गर्नेछन् । यस्तै हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक जना इमर्जिङ खेलाडीले पनि १० हजार प्राप्त गर्ने कार्कीले बताए । इमर्जिङ खेलाडीको अवार्डमा ए क्याटेगोरीको खेलाडी र विदेशी खेलाडी समावेश हुने छैन ।

सिंगल राउण्ड रोविनका आधारमा हुने एनएसएलको फाइनल खेल जेठ १ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment