Comments Add Comment

प्रश्नपत्र आउट गराएको आरोपमा १० जना पक्राउ

१२ वैशाख, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक भएको घटनामा संलग्नताको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

वैशाख ३ गते विश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षापूर्व नै सार्वजनिक भएको थियो ।

उक्त घटनामा संलग्नको आरोपमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पठन, विकास खड्का, निर्मल खड्का, नानीपथ मण्डल, जीवनकुमार यादव र महेश यादव रहेका छन् ।

पक्राउ पर्ने कोमलप्रसाद गौतम विश्वविद्यालयको फोटोकपी फाँटमा काम गर्ने कार्यालय सहायक हुन् । अरु भने विद्यार्थी हुन् ।

मोरङका प्रहरी प्रवक्ता डीएसपी मञ्जिल मुकारुङका अनुसार विश्वविद्यालयको फोटोकपी गर्ने कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गरी प्रश्नपत्र बाहिर पुर्‍याएका हुन् । उनीहरुमाथि शिक्षा ऐन २०२८ अनुसार कारबाहीका लागि अनुसन्धान गरिरहेको डीएसपी मुकारुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment