+
+

जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई प्रचण्डको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १३ गते १७:५७

१३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै स्थानीय निकायमा स्वास्थ्य सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ’ उनले भनेका छन्, ‘सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु ।’

खुला सीमा भएको भारतमा एकै दिन लाखौं व्यक्ति संक्रमित हुनुका साथै केही हजारको मृत्यु भएको तथ्याङ्कले पनि स्थिति भयावह बन्ने तर्फ सचेत रहनुपर्ने भएको प्रचण्डले बताएका छन् । महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भन्दै प्रचण्डले खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकार र निजी क्षेत्रलाई अपील गरेका छन् ।

साथै स्वयंसेवीका रुपमा महामारीविरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन पार्टीका नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

हेर्नुहोस् प्रचण्डको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?