+
+
Shares

दाङमा भारतीय नम्बर प्लेटको कारमा भेटियो तीन बालकको शव

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १८ गते २२:०९

१८ वैशाख, काठमाडौं । दाङको तुलसीपुरमा भारतीय नम्बर प्लेटको गाडीमा तीनजनाको बालकको शव भेटिएको छ ।

तुलसीपुर उपमहानगरपालिका-६, स्याउली बजारमा भारतीय नम्बर प्लेट जे ०१६६०८८५ भएको कारमा शिशुको शव भेटिएको हो ।

लामो समयदेखि पार्किङमा गरि राखिएको कारमा शनिबार राति शव बरामद भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले बताए ।

उनका अनुसार कारबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि गएर हेर्दा शव भेटिएको हो ।

शवको सनाखत भइनसके पनि सबै १० वर्षभन्दा कम उमेरका छन् । दाङका एसपी गणेश चन्दका अनुसार घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान सुरू भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?