
१९ वैशाख, धनगढी । कोरोना भाइरसको संक्रमण बृद्धि हुँदै गएपछि बैतडीमा पनि भोलिदेखि निषेधाज्ञा लागू हुने भएको छ ।
आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसका आधारमा बैतडीमा भोलि बिहान ६बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
निषेधाज्ञा जेठ २ गते राति १२ बजेसम्म कायम रहने प्रजिअ पाण्डेले बताए । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् ।
बैतडी निषेधाज्ञा लागु हुने सुदूरपश्चिमको चौथो जिल्ला बनेको छ । यसअघि कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि रोकथाम तथा नियन्त्रणका लागि भन्दै कैलाली, कञ्चनपुर र डडेल्धुरामा निषेधाज्ञा लागु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4