+
+

पूर्वरानी शाहको स्वास्थ्यमा क्रमिक सुधार

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १९:४६
फाइल तस्वीर

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमित भएर नर्भिक अस्पतालमा उपचार गराइरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ ।

आईसीयूमा उपचाररत शाहको बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । नर्भिक इन्टरनेशनल अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै पूर्वरानी शाहलाई अक्सिजनको हाईफ्लो सपोर्टमा राखेर उपचार गरिरहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ ।

कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र पूर्वराजकुमारी प्रेरणा शाहलाई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

पूर्वराजा शाह र पूर्वराजकुमारी प्रेरणाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?