+
+
Shares

बैंक कर्मचारीको सुरक्षामा ध्यान दिन गभर्नरको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते २०:०८

१९ वैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको सुरक्षमा ध्यान दिन नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानाकर्षण गराएको छ । कोरोनाको उच्च जोखिम देखिएको र सरकारले यसबाट बच्न निषेधाज्ञा जारी गरेको अवस्थामा कर्मचारीहरुको सुरक्षामा ध्यान दिन आग्रह गर्दै गभर्नर अधिकारीको फियनले ध्यानाकर्षण गराएको हो ।

फियनले राष्ट्र बैंकको ध्यानाकर्षण गराउँदै ६ सुझाव दिएको छ । वित्तीय क्षेत्रबाट सर्वसाधारणलाई प्रवाह हुने अत्यावश्वक सेवा आधुनिक प्रविधिहरु सेवा लगायतको माध्यमबाट सेवा प्रवाह गर्न र निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको लागि कार्यबोझका आधारमा न्यूनतम कर्मचारीहरु उपस्थित गराउन संघको आग्रह छ ।

विभिन्न बैंकका शाखाहरुबाट सेवा प्रवाह समेत आलोपालो गरी प्रदान गर्न निर्देशन दिनुपर्ने भन्दै संघले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई निषेधाज्ञा अवधिभर वर्क फ्रम होम, कार्यालयमा आलोपालो प्रणाली साथै योजनावद्ध रुपमा समूह विभाजन गरी सिमित कर्मचारीहरुको उपस्थितीमा संस्थाको कार्यसम्पादनको व्यवस्था गर्न आग्रह गरेको छ ।

यस विषम परिस्थितीमा नियमित उपस्थित नभई रिमोट वर्क वा वर्कफ्रम होमको माध्यमबाट संस्थाको कार्य गरेको समयलाई समेत नियमित हाजिरी भए सरह मान्ने व्यवस्था गर्न समेत संघको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?