+

११ वर्षपछि इन्टरले जित्यो सिरी ए उपाधि

२०७८ वैशाख  १९ गते २१:०४ २०७८ वैशाख १९ गते २१:०४
११ वर्षपछि इन्टरले जित्यो सिरी ए उपाधि

१९ वैशाख, काठमाडौं । एक दशकपछि इन्टरमिलानले इटालियन सिरी ए को उपाधि जितेको छ । २०२०-२१ सिजन अन्तर्गत आइतबार एटलान्टाले ससुलोसंग १-१ को बराबरी खेलेपछि इन्टर चार खेल अगावै च्याम्पियन बन्ने पक्का भएको हो ।

३४ खेलबाट इन्टर ८२ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ६९ अंक रहेको एटलान्टा दोस्रो र उति नै खेलबाट ६९ अंक नै रहेको एसी मिलान तेस्रो स्थानमा छ । इन्टरले एटलान्टामाथि १३ अंकको अग्रता बनाएको छ ।

अब एटलान्टा र एसी मिलानले बाँकी खेल जितेपछि इन्टरलाई भेट्ने छैन । त्यसैले इन्टरले चार खेल अगाडि नै उपाधि पक्का गरेको छ ।

इन्टरले पछिल्लो पटक सन् २००९-१० को सिरी ए उपाधि जितेको थियो ।

इन्टर च्याम्पियन बनेपछि युभेन्ट्सको लगातार ९ उपाधि यात्रामा ब्रेक लागेको छ । सन् २०१०-११ को सिजन एसी मिलानले उपाधि जितेयता युभेन्ट्सले लगातार ९ पटक सिरी ए उपाधि जितेको थियो ।

फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय