
बलिउडमा कलाकारको बिषयमा विभिन्न खालका गसिपहरु चलिरहेका हुन्छन् । मिडियामा कलाकारका बिषयमा आउने केही यस्ता खबरले भने उनीहरुको जीन्दगी र करिअरमा नै असर गरेको हुन्छ ।
नायिका इलियाना डिक्रुजले पनि हालै एक अन्तरवार्तामा आफ्ना बिषयमा सार्वजनिक भएका गलत खबरको बिषयमा जानकारी दिएकी छिन् ।
उनले, सन् २०१८ मा आफू गर्भगती भएको खबर सार्वजनिक भएको बताइन् । यो खबरले आफूलाई निकै नै चिन्तित बनाएको पनि इलियानाले उल्लेख गरेकी छिन् । उनले, केही मानिसहरुले यस्तो खबर पनि छाप्ने गरेको भन्दै यो झुटो भएको उल्लेख गरिन् । इलियानाले सामाजिक संजाजबाट आफू गर्भवती नभएको भनेर लेख्नुपरेको थियो ।
यस्तै, आफूले आत्महत्या गरेको खबर पनि सार्वजनिक भएको इलियानाले बताएकी छिन् । उनले, यो खबरले पनि आफूलाई निकै दुखी बनाएको उल्लेख गरेकी छिन् ।
घरमा काम गर्ने एक महिलाले यो कुरा पक्का गरेको भन्दै खबर आएको इलियानाले बताइन् । तर, आफूले अहिलेसम्म घरमा काम गर्ने महिला नै नराखेको भन्दै इलियानाले यस्तो खबरले कलाकारको जिन्दगीमा असर गर्ने बताइन् ।
प्रतिक्रिया 4