+
+
Shares

२७ गते हुने प्रतिनिधिसभाको अधिवेशनमा उपस्थित हुन सांसदलाई सूचना

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २० गते १५:१२

२० वैशाख, काठमाडौं । संघीय संसद् सचिवालयले वैशाख २७ गते सोमबार दिउँसो १ बजे हुने प्रतिनिधिसभाको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यहरुलाई अनुरोध गरेको छ ।

संघीय संसद प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबार अधिवेशन आह्वानसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

उक्त सूचनामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान अनुरुप आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको जनाउँदै सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशनमा उपस्थित हुन जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?