+
+
Shares

‘मिथ्या समाचार’ को आरोपमा जापानी पत्रकारलाई म्यानमारमा मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १४:१४
Photo Credit : REUTERS

२१ वैशाख, काठमाडौं । म्यानमारमा ‘मिथ्या समाचार’ फैलाएको आरोपमा एक जापानी पत्रकार पक्राउ परेका छन् । म्यानमारको जापानी दूतावासले दिएको जानकारीअनुसार युकी किटाजुमीलाई गत अप्रिलमा पक्राउ गरिएको थियो । त्यसयता उनी जेलमा नै छन् ।

म्यानमारको सेनाले गत फेब्रुअरीमा निर्वाचित सरकारलाई हटाउँदै कू गरेपछि अहिलेसम्म सात सयभन्दा धेरै मानिस मारिइसकेका छन् भने केही हजार मानिसहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा धेरै मानिस स्थानीय पत्रकारहरु पनि छन् ।

अहिले म्यानमारमा ‘मिथ्या समाचार’ लेखेको मुद्दा चलाइएका किटाजुमीले भने म्यानमारबारे जापानका प्रमुख सञ्चारमाध्यमहरुका लागि रिपोर्टिङ गर्दै आएका थिए । उनलाई अप्रिल १८ मा आफ्नै निवासबाट पक्राउ गरिएको थियो । यसअघि फेब्रुअरी २६ मा पनि उनलाई केही समयका लागि पक्राउ गरिएको थियो । म्यानमारस्थित जापानी दूतावासले अहिलेसम्म किटायुमीको स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताएको छ । तर, उनलाई तत्काल रिहाइ गर्न दूतावासले माग गरेको छ ।

अहिले किटाजुमीमाथि लगाइएको आरोप पुष्टि भए उनलाई तीन वर्षसम्म जेल सजाय हुन सक्छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?