+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

पार्टी कब्जा गर्ने षड्यन्त्र चिर्न फ्लोर क्रस : प्रकाश ज्वाला

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १५:४६

२१ वैशाख, सुर्खेत । नेकपा एमालेका नेता प्रकाश ज्वालाले कर्णाली प्रदेशको फ्लोर क्रस सत्य र निष्ठाका लागि गरिएको विद्रोह भएको दाबी गरेका छन् ।

वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका ज्वालाले १७ दिनपछि एक अपील जारी गर्दै केपी शर्मा ओली समूहको गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति चिर्न फ्लोर क्रस गरिएको दाबी गरेका हुन् ।

‘अन्याय सहन र आत्मसमर्पण गर्न कम्युनिष्ट पार्टी रोजिएको होइन, सत्य र निष्ठाका लागि विद्रोह गर्न जतिबेला पनि तयार छु,’ ज्वालाले अपीलमा भनेका छन् ।

नेता ज्वालाले फ्लोर क्रस राजनीतिक निर्णय अनुसार भएको बताएका छन् । ‘मैले फ्लोर क्रस गरेको होइन, पार्टी निर्णय कार्यान्वयन गरेको हुँ, यो प्राविधिक र व्यक्तिगत विषय पनि होइन, राजनीतिक निर्णय हो,’ उनले भनेका छन् ।

पार्टीभित्रको गुटगत अत्याचारले सीमा नाघे पनि आफूहरुमाथि भइरहेको अत्याचारमा शीर्ष नेतृत्वले कुनै सुनुवाइ नगरेको ज्वालाको भनाइ छ ।

‘मलगायत जिम्मेवार कमरेडहरूलाई विनाकारण जिम्मेवारीविहीन बनाइयो । पार्टीका नाममा गरिएका प्रदेश तथा जिल्लाका बैठक, भेलालगायतका कार्यक्रमहरू हामीलाई पूर्ण रुपमा निषेध गरियो,’ उनले भनेका छन् ।

नेता ज्वालाले केही अराजक व्यक्तिहरुले आफूलाई आर्थिक प्रलोभनमा परेर फ्लोर क्रस गरेको भन्ने जस्ता भ्रामक आरोप लगाउने दुष्प्रयास भएको बताएका छन् ।

आफूले पार्टीलाई एकतावद्ध गराउने उद्देश्यले मन्त्री पदबाट राजीनामा दिएपनि केही व्यक्तिका लागि यो सम्भव नहुने बताएका छन् । ‘मन्त्रीबाट राजीनामा दिएपछि कर्णालीमा एमालेलाई एकतावद्ध बनाउन मैले हदैसम्म कोशिश गरें । तर, केही व्यक्तिको दम्भले कर्णालीमा पार्टी एकतावद्ध हुन सकेन,’ ज्वालाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?