
२४ वैशाख, काठमाडौँ । ललितपुरको अल्का अस्पतालले अक्सिजन आपूर्ति सहज बनाइदिन सरकारसँग माग गरेका छन् ।
कोभिडका बिरामीहरुको उपचारका लागि अक्सिजनको अभाव हुन थालेपछि अस्पतालले शुक्रबार विज्ञप्ति जारी गरेर अक्सिजन आपूर्ति सहज बनाइदिन माग गरेको हो ।
अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोभिडका विरामीहरुको उपचारमा समस्या देखिन सुरू भएको छ । अस्पतालमा विरामीहरुको चाप बढ्दै गइरहेको छ भने अक्सिजन आपूर्तिमा समस्या थपिदै गइरहेको छ । ‘
अहिले दैनिक १ सय ५० वटा सिलिण्डर आवश्यक भएको तर ४६ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4