+
+

पाँच मिनेटको अन्तरमा दुई जना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २८ गते ७:४२

२८ वैशाख, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पाँच मिनेटको अन्तरमा दुई जना संक्रमितको मृत्यु भएको छ । विराटनगर–१४ मोरङका ४८ वर्षीय पुरुष र कोशी गाउँपालिका–१ सुनसरीका ४३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दमबाट पीडित मोरङका पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन अस्पताल भर्ना गरेर उपचार गर्दागर्दै राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मोरङका पुरुषको मृत्यु भएको पाँच मिनेट पछि धरानका पुरुषको पनि मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । धरानका पुरुषमा यही वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई वैशाख १६ गते अस्पताल भर्ना गरिएको थियो ।

अन्य दीर्घरोग नभएका उनको गएराति नौ बजेर पाँच मिनेटमा मृत्यु भएको डा. पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?