News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशका सांसदहरूसँग देशको पछिल्लो अवस्थाबारे छलफल शुरू गर्नुभएको छ ।
- छलफलमा मनिष झा र राजकिशोर महतोसहित १३ जना सांसदहरूको सहभागिता रहेको छ ।
- प्रधानमन्त्रीले मधेशमा देखिएको तनाव अन्त्य गरी सद्भाव कायम राख्ने उद्देश्यले पहल गरिरहनुभएको छ ।
१५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशका सांसदहरूसँग छलफल थालेका छन् ।
केहीबेर अघि उनले मधेश केन्द्रित राजनीतिक दलका नेताहरूसँग छलफल गरेका थिए । लगत्तै उनले मधेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल थालेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, दोस्रो चरणको छलफलका लागि मधेशका सांसदहरू डा. यादव थापा, रहबर अन्सारी, निकिता कार्की, रविन्द्र पटेल, मनिष झा, रबिन महतो, राजकिशोर यादव, गणेश धिमा र चन्दन सिंह लगायत छन् ।
प्रधानमन्त्री शाहले पछिल्ला दिनमा मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको तनाव अन्त्य गर्न र सद्भाव कायम गर्नका लागि पहल गरिरहेका छन् ।
उनले हिजोमात्रै देशबासीका नाममा सम्बोधन गरेका थिए । साथै, राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेटघाट र टेलिफोन संवाद गरेका थिए ।
प्रतिक्रिया 4