+
+
Shares

मधेशमा सरकारी सवारी साधन प्रयोगमा कडाइ

मधेशका सबै जिल्लामा सरकारी सवारी साधन सञ्चालनमा कडाइ गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेशका सबै जिल्लामा हालको सुरक्षा स्थितिलाई मध्यनजर गर्दै सरकारी सवारी साधनको प्रयोगमा कडाइ गरिएको छ ।
  • अत्यावश्यक सरकारी कामबाहेक अन्य प्रयोजनमा सवारी साधन नचलाउन मन्त्रालयले सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ ।
  • गृह, सञ्चार तथा कानुन मन्त्रालयका अधिकृत राधेशंकर प्रसाद पन्तले सवारी साधनको सुरक्षित व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

१४ साउन, काठमाडौं । मधेशका सबै जिल्लामा सरकारी सवारी साधन सञ्चालनमा कडाइ गरिएको छ ।

हाल जारी तनावका बीच सुरक्षा संवेदनशीललाई ध्यानमा राखेर अत्यावश्यक सरकारी कामबाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न मधेशको गृहमन्त्रालयले सबै सरकारी कार्यालयलाई पत्राचार गरेको हो ।

‘…कार्यालय प्रयोजनका लागि उपलब्ध सरकारी सवारी साधनहरूकोफ हालको सुरक्षा संवेदनशफीलतालाई दृष्टिगत गरी अत्यावश्यक सरकारी कामबाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न/नगराउन तथा सवारी साधनको सुरक्षित व्यवस्थापन गराउन आदलेशानुसार अनुरोध छ,’ गृह, सञ्चार तथा कानुन मन्त्रालयका अधिकृत राधेशंकर प्रसाद पन्तले जारी गरेको पत्रमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?