+
+
Shares

दिशाको मुखमा टेप लगाएर सलमानले गरे चुम्बन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते ११:३९

नायक सलमान खानले चलचित्रमा नायिकासँग चुम्बन नगर्ने बताउँदै आएका छन् । आजका दिनसम्म उनले यो वाचा तोडेका छैनन् । तर, चलचित्र ‘राधे’को ट्रेलरमा भने उनले नायिका दिशा पटानीसँग चुम्बन गरेको देखाइएको छ । योसँगै सलमानले चुम्बन नगर्ने वाचा तोडेको तर्क समेत भयो ।

तर, नायक सलमान खानले भने आफूले चुम्बन नगर्ने वाचा नतोडेको उल्लेख गरेका छन् । उनले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘मैले दिशालाई होइन, उनको मुखमा लगाइएको टेपलाई चुम्बन गरेको हुँ । म यो वाचा तोड्ने पक्षमा छैन । सायद, अर्को चलचित्रमा तपाइले नायिका र मेरो विचमा ठूलो पर्दा देख्न सक्नुहुनेछ ।’

सलमानका अनुसार, यो चलचित्रमा दिशा र उनीविच चुम्बन आवश्यक थियो । तर, यसका लागि दिशाले मुखमा टेप लगाएकी छिन् ।

मे १३ बाट रिलिज हुन लागेको चलचित्र ‘राधे’लाई ओटीटी र केही हलमा रिलिज गरिनेछ । प्रभु देवाले निर्देशन गरेको यो चलचित्रमा सलमान, दिशाको साथमा ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?