+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अक्सिजन अभावमा जुनसुकैबेला पनि अकल्पनीय घटना हुन सक्छ : नर्भिक अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १४:२०
फाइल तस्वीर

२९ वैशाख, काठमाडौैं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अक्सिजन अभावमा जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्नेतर्फ सचेत गराएको छ ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बुधबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको भन्दै यही अवस्था जारी रहे जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्ने तर्फ सचेत गराएका हुन् ।

‘वर्तमान असहज अवस्था भएता पनि उपलब्ध सीमित साधनस्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस भनि हामी प्रयत्नशील छौं । तर, पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको छ । राज्यको अनुदार नीतिले झन् समस्यालाई बल्झाएको छ र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन । यो अवस्था यसै गरी जारी रहने हो भने अकल्पनीय घटना घटन सक्ने अनुमान सहजै गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।’

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?