+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

निषेधाज्ञामा यात्रुसँग बढी भाडा लिने थप दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १५:५७

२९ वैशाख, काठमाडौँ । यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने दुईजनालाई कलंकी र बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरको छ ।

उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढी भाडा लिइ ठगी गर्ने पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ बर्षीय हृदय नारायण साह र गंगबु काउण्टरबाट ३५ वर्षीय कृष्ण चौधरी रहेका छन् ।

साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए भने चौधरीले ना७ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुहरुसँग प्रति ब्यक्ति पच्चीस सयदेखि तीन हजारसम्म भाडा लिने गरेका थिए ।

निषेधाज्ञा लागू भएपश्चात बढि भाडा लिइ यात्रु ठग्नेबिरुद्ध कारबाही अभियान सञ्‍चालन गरी छुट्टै डेडिकेटेड टिम समेत परिचालन गरेको ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनले भने, ‘टोलीले सूचना संकलन गर्ने, निग्रानी गर्ने, यात्रु बनी भाडा बार्गेनिङ्ग गर्ने, गोप्य रुपमा बुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गरी कारबाही गर्दै आएका छौं।’

यसअघि निषेधाज्ञा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यात्रु ठग्नेलाई ट्राफिक प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?