+
+

अर्जुनले किने २० करोडमा स्काई भिल्ला

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते ११:४९

बलिउडका कलाकारहरुले आफ्नो निजी जिन्दगीलाई आलिसान तरिकाले विताउन चाहन्छन् । एउटै चलचित्रबाट करोडौ आम्दानी गर्ने बलिउडका कलाकारहरुको जीवनशैली लोभलाग्दो छ । उनीहरु मुम्बइको महंगो इलाकामा आलिसा भिल्लामा रमाउने गरेका छन् ।

यसैविच, नायिका सोनाक्षी सिन्हा र आइटम गर्ल मलाइका अरोडापछि नायक अर्जुन कपुरले मुम्बइको बान्द्रा इलाकामा महंगो रकममा स्काई भिल्ला किनेका छन् ।

अर्जुनले खरिद गरेको नयाँ भिल्ला २५ औं तलामा छ । यो स्काई भिल्ला ‘८१ ओरिएट’ नामक विल्डिङ प्रोजेक्ट रहेको भारतीय मिडियाले बताएका छन् । यो भिल्ला एक इन्टरनेशनल डिजाइन टावर हो । जहाँबाट अरेबियन सागर र मुम्बइको ग्लिटरिंग स्काई लाइन देखिन्छ ।

यो भिल्लाको डिजाइन विश्वकै प्रसिद्ध डिजाइनर एचबीएले डिजाइन गरेका हुन् । अर्जुनले किनेको भिल्लाको मुल्य २० करोड रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?