Comments Add Comment

युभेन्ट्सका प्रशिक्षक पिर्लो बर्खास्त

१४ जेठ, काठमाडौं । इटालियन क्लब युभेन्ट्सले मुख्य प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेको छ । क्लबका पूर्व खेलाडी पिर्लोलाई युभेन्ट्सले प्रशिक्षकको जिम्मा दिएको एक वर्षपछि नै बर्खास्त गरेको हो ।

युभेन्ट्सले एक विज्ञप्ति जारी गरी पिर्लोलाई धन्यवाद समेत दिएको छ । गत सिजन युभेन्ट्सले अप्रत्यासिक रुपमा माउरिजो सारीलाई बर्खास्त गरेर पिर्लोलाई मुख्य प्रशिक्षक बनाएको थियो । तर यस सिजन पिर्लोको प्रशिक्षणमा युभेन्ट्सले सिरी ए को उपाधि रक्षा गर्न सकेन । पिर्लोको नेतृत्वमा युभेन्ट्सले कोपा इटालिया भने जितेको थियो ।

यस्तै युभेन्टस लिगको अन्तिम दिन खेल जित्दै अर्को सिजनको च्याम्पियन्स लिगको लागि छनोट भएको थियो । पिर्लोले २०१५ मा खेलाडीको रुपमा युभेन्ट्स छाडेपछि ५ वर्षपछि प्रशिक्षक बनेका थिए ।

युभेन्ट्सले पूर्व प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई मुख्य प्रशिक्षक बनाउने तयारी थालेको छ । अलेग्रीको प्रशिक्षणमा युभेन्ट्सले २०१४ देखप २०१९ सम्म लगातार पाँच पटक सिरी ए उपाधि जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment