+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
११५ बलमा १३८ रन आवश्यक
विराटनगर किंग्स 2025
10/0 (0.5)
Shares

प्रदेश २ का अर्थमन्त्री भन्छन्-बजेट अवैधानिक छ

श्रवण देव श्रवण देव
२०७८ जेठ १६ गते ११:१९

१६ जेठ, जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले संघीय सरकारले शनिबार अध्यादेश मार्फत् ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट अवैधानिक रहेको बताएका छन् ।

‘यो बजेटको वैधानिकता नै छैन’ अनलाइनखबरसँग प्रतिक्रिया दिदैं मन्त्री यादवले भने, ‘कार्यान्वयन पक्ष धेरै कमजोर छ र अध्यादेशबाट आएको छ ।’

मन्त्री यादवले चुनावी बजेट ल्याएको भएपनि चुनावको निर्क्योल नरहेको बताए । ‘यो चुनावी बजेट हो, तर चुनावको क्लियर नै छैन’ उनी भन्छन्, ‘चुनावको क्लियर सरकारले गर्छ कि सर्वोच्चले गर्छ ?’

प्रतिनिधिसभा विघटन भइसकेपछि यो मुद्दा सर्वोच्चमा गएको बताउँदै मन्त्री यादवले चुनाव हुने कि नहुने फैसला अदालतले गर्ने बताए । ‘त्यसैले अदालतले फैसला नसुनाएसम्म ल्याएको बजेट अवैधानिक हो,’ उनले भने ।

व्यवस्थापिका र कार्यपालिकामा विवाद आए न्यायपालिकाले निरुपण गर्ने गरेको बताउँदै उनले न्यायपालिकाले क्लियर नगरेसम्म यो बजेटको कुनै महत्व नहुने बताए ।

लेखक
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?