+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

चिकित्सकको सुरक्षाका लागि सात दिनभित्र अध्यादेश ल्याउन माग

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १६ गते १५:१७

१६ जेठ, काठमाडौं । चिकित्सकको सुरक्षाका लागि सात दिनभित्र अध्यादेश ल्याउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । अध्यादेशमार्फत कानून ल्याएर चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरमा काम गर्ने वातावरण नबनेमा संघर्षका थप कार्यक्रम घोषणा गर्ने समेत संघले चेतावनी दिएको छ ।

संघले आइतबार विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक क्रियाकलाप गर्नेमाथि कडा सजायका लागि अध्यादेशमार्फत कानून ल्याउन आवश्यक रहेको जनाएको छ ।

‘नेपाल चिकित्सक संघ भेरी अस्पतालको घटनामा संलग्न व्यक्तिहरुलाई कडाभन्दा कडा कारबाही गर्न र आजको मितिबाट सात दिनभित्र देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने अध्यादेशमार्फत कानून ल्याएर सुरक्षित वातावरणको सिर्जना गर्न माग गर्दछ,’ संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ यस्तो परिस्थिति नबनेमा नेपाल चिकित्सक संघ थप कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार स्वयं सरकार हुने समेत जानकारी गराउन चाहन्छौं ।’

जेठ १३ गते भेरी अस्पताल तथा त्यसअघि विराट मेडिकल कलेज अस्पतालमा भएको घटनाले सिंगो चिकित्सा क्षेत्र असुरक्षित बन्दै गएको संघले निष्कर्ष निकालेको छ । संघले भेरी अस्पतालको घटनालाई गम्भीरतापूर्वक लिएर जेठ १३ गतेलाई कालो दिन घोषणा गरेको र १४ गते कालोपट्टी बाँधी काम गरेको जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?