
१८ जेठ, काठमाडौं । सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेपछि उक्त मूल्य कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ९३ हजार सात सय रुपैयाँमा भएको थियो । यस्तै आजका लागि चाँदीको एक हजार ३७० रुपैयाँ पुगेको छ । जुन प्रतितोला सोमबारभन्दा १० रुपैयाँले बढी हो ।
देशका अधिकांश सहरमा लागू गरिएको निषेधाज्ञाका कारण सुनको कोरोबार भने शून्यप्राय रहेको व्यवसायीहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4