+
+
Shares

उपेन्द्र यादवले निर्वाचन आयोग पठाए ठाकुरसहित ४ नेता हटाएको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १८ गते १६:४२

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएका छन् ।

१७ जेठमा बसेको कार्यकारिणी समितिको बैठकले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्काशन गरेको भन्दै यादवले निर्वाचन आयोगमा पत्र पठाएका हुन् । उक्त पत्र आयोगमा दर्ता भएको छ ।

अध्यक्ष यादवले पार्टी विधान र दल सम्बन्धी ऐन अनुसार पार्टीबाट निष्काशन गरिएका नेताहरुको नाम दलको दर्ता किताबबाट हटाउन आग्रह गरेका छन् ।

हेर्नुहोस् पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?